Logo
Logo

सल्याउनमा बस दुर्घटना, ८ जनाको मृत्यु


945
Shares

काठमाडौं । सल्यानबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

रा १ ख २५५२ नम्बरको बस बिहान ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्याउनले जानकारी दिएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेको उद्दार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्