Logo
Logo

महिलालाई ६ महिना र पुरुषलाई ४२ दिन सुत्केरी बिदा दिने कानुन ल्याइँदै


693
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।

आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार ६ महिनाको तलबी बिदा आमालाई र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिनेगरी कानून संशोधनको तयारी गरिएको हो ।

उनले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन मस्यौदा बनिसकेको छ । अब मस्यौदा मन्त्रिपरिषद् हुँदै संसदमा दर्ता तयारी गरिने उनले जानकारी दिएकी छन् ।

मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सालमा बनेक‍ो ऐन हो । यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी ९८ दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने, सुत्केरी स्याहारको लागि १५ दिनसम्मको बिदा बाबुले पाउने व्यवस्था ऐनमा छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000