Logo
Logo

बौद्धको मिनि क्यासिनोमा प्रहरी छापा विदेशीसहित २१ पक्राउ



काठमाडौं, २२ पुस ।
बौद्धस्थित एक ‘मिनि क्यासिनो’मा छापा मारी प्रहरीले २१ जुवाडेलाई पक्राउ गरेको छ।
बौद्ध स्तूपानजिक फूलबारीस्थित एक घरमा जुवा खेलिरहेका बेला काठमाडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो। त्यस क्रममा जुवाका गोटीसहित ७ लाख १९ हजार ८ सय २० रुपैयाँ बरामद भएको छ ।


स्थानीय लोकसाङ लामाले दुई घर नै भाडामा लिएर काम गर्ने मान्छेसेमत राखेर जुवा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा तीन तिब्बती समेत छन् । त्यहाँ क्यासिनोकै शैलीमा तिब्बती कौडा खेलाइने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्