Logo
Logo

धनुसामा एक युवकको शव फेला


630
Shares

धनुषा । धनुसामा आज एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो । मृतक यादव टिप्परका कामदार हुन् । उनका भाइ झगरु यादवले राजुको टिप्परले किचेर हत्या गरेको आरोप लगाएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना१८ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्