Logo
Logo

चीन जानुअघि रास्वपा टोलीले रविसँग छलफल गर्ने


0
Shares

काठमाडौं । चीन भ्रमणमा जाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय भ्रमण टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ । शनिबार बिहान ९ बजे लामिछाने निवास बूढानीलकण्ठमा भ्रमण टोलीले छलफल गर्ने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । छलफलमा सभापति लामिछानेले भ्रमण उपलब्धिमूलक बनाउन आवश्यक सुझाव दिनेछन् ।

भ्रमण टोलीले आज शुक्रबार संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेको थियो । छलफलका क्रममा प्रधानमन्त्री शाहले भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी उपलब्धिमूलक बनाउन निर्देशन दिएका थिए ।

भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।

भ्रमण टोलीमा महामन्त्री विपिन आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन् । महामन्त्री आचार्यको नेतृत्वमा आइतबार रास्वपाका २० सदस्यीय टोली १० दिने भ्रमणमा जाँदैछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000