Logo
Logo

मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान छ । राई कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्