काठमाडौं । भारतका सडक पारवहन मन्त्री नितिन गडकरी नेपाल आउने भएका छन् ।
उनी पतञ्जली योगपीठ नेपालले सञ्चालनमा ल्याउन लागेको धार्मिक च्यानल आस्था नेपाल र पतञ्जली नेपालको शुभारम्भका लागि नेपाल आउने भएका हुन् । गडकरी भाजपाका पूर्व अध्यक्ष हुन् ।
कार्यक्रममा भारतीय जनता पार्टीका नेता नितिन गडकरीसँगै पतञ्जली योगपीठका स्वामी रामदेव र आचार्य बालकृष्ण पनि आउने बताइएको छ ।
सो मंसिर १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने सो कार्यक्रममा पतञ्जली आश्रमको समेत उद्घाटन गर्ने कार्यक्रममा रहेको छ ।