Logo
Logo

फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको छ। निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ । निगमले मूल्य बढाएपछि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्