Logo
Logo

१२औँ राष्ट्रिय जनगणना सुरुदेखि सर्वोच्चमा झडपसम्म



हेडलाइन्स्

१. देशभर १२औँ राष्ट्रिय जनगणना सुरु, राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण लिएर राष्ट्रिय जनगणना- २०७८ को औपचारिक शुभारम्भ, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन । १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन ।

२. नेपाल आयल निगमले गरेको मूल्य वृद्धिविरुद्ध देशैभर प्रर्दशन, नवलपरासी प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा ६ दिने विरोध कार्यक्रम घोषणा, ३० गते देशैभर नेपाल बन्द गर्ने, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियुलगयात विद्यार्थी संगठनहरुद्वारा मुल्यवृद्धि फिर्ता गर्न माग ।


३. बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजनामन्त्री र नेपाली काँग्रेसबाट नीमा लामा स्वास्थ्यमन्त्री बने, नवनियुक्त मन्त्रीद्वयद्वारा बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण, मन्त्रिपरिषद् विस्तारले बागमती प्रदेशमा अझै पूर्णता पाउन सकेन, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा मुख्यामन्त्री राजेन्द्र पाण्डेलाई नै ।


४. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलब ५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा झरे, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा ओर्लियो, कारोबार रकम भने औसत, कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री, कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो ।


५. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिँदा सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप, ६ जना घाइते, प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति नेपाल बार एशोसिएसनको आपत्ति, आफूहरुको आन्दोलन दबाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिचौलिया र भिजिलान्ते प्रयोग गरेको आरोप, प्रधानन्यायाधीशले पञ्चायत अन्त्य हुँदाताकाको शैली प्रयोग गरेको बारको भनाइ ।


६. १४ औँ महाधिवेशनको संघारमा कांग्रेसका नेताहरुले थाले गुटगत छलफल, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरुको छुट्टाछुट्टै बैठक बोलाए, देउवा पक्षको बैठक बालुवाटारमा, महाधिवेशनको तयारी र रणनीतिबारे छलफल, वरिष्ठ नेता पौडेलले पक्षको बैठक शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा बस्दै ।


७. सर्वोच्च अदालतमा आज १४ मुद्दाको मात्र सुनुवाइ, सुनुवाइ भएकामध्ये विभिन्न ६ मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासबाट, अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरे, न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेरेका कारण एक सय ६३ मुद्दाको सुनुवाइ हुन सकेन ।

८. सातवटै प्रदेशमा ओली प्रवृत्ति समाप्त भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू ओलीले समाप्त गर्न लागको बेला आफूहरुले गठबन्धन गरेर बचाएको भनाइ, माओवादीले जनताको विश्वास जित्दै गएको धारण, राष्ट्रको स्वाधीनता, सामाजिक न्याय, जनताको विकास र राष्ट्रिय एकताका लागि एकजुट हुन आग्रह ।

९.सहिद स्मारक ए डिभिजन लिगको मिति सर्यो, कार्तिक २९ गते सुरु हुने भनिएको लिग मंसिर ३ बाट हुने, क्लबहरुकै सल्लाहमा साताको अन्त्यमा मात्र खेल खेलाउने सहमति भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरको भनाइ ।


१०. अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोरका संसारको सबैभन्दा प्रदूषित शहर, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा आज निधन, अफगानिस्तानका लागि अमेरिककाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता ।

प्रतिक्रिया दिनुहोस्