Logo
Logo

आफ्नो पारिश्रमिक विकास निर्माणमा खर्च गर्ने पाण्डेको घोषणा



पाल्पा । क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् ।

तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ‘जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु ।’

पूर्व उद्योगमन्त्री एवं नेकपा कीकृत समाजवादी का पोलिटब्यूरो सदस्य पाण्डेले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्