Logo
Logo

माओवादी केन्द्रीय समितिको बैठक बस्दै


1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज साँझ ६ बजे बस्ने तयारी छ । तर अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले आज बस्ने बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने जानकारी दिए ।

राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुनेछ । बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्