Logo
Logo

नेपाल प्रहरीका तीन इन्सपेक्टर भारतमा उत्कृष्ट




काठमाडौं ।
नेपाल प्रहरीका तीन इन्सपेक्टरमा भारतमा भएको आइपिएसल तालिममा उत्कृष्ट भएका छन् । हैदराबादस्थित सदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा भएको आइपिएस तालिममा तीन इन्सपेक्टरले अवार्ड जितेका हुन् ।


इन्सपेक्टर सिमोन धितालले द जयपुर कम फर पीटी फर लेडी प्रोबेसनर अवार्ड जितेकी छिन् । त्यस्तै, अनिल थापाले बिएसएफ ट्रफी फर प्रोफिसेन्सी इन आउटडोर सब्जेक्ट तथा किरण रावतले द जयपुर कम फर पिटी फर जेन्टलम्यान प्रोबेसनर अवार्ड जितेका हुन् ।


सो तालिममा नेपाल प्रहरीका पाँच इन्सपेक्टर सहभागी थिए । पासआउट कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री समेत हैदरावाद पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्