Logo
Logo

एमालेको जनपरिचालन कमिटी विस्तार


2.2k
Shares

काठमाडौं । नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि जनसङ्गठन जनपरिचालन कमिटीलाई विस्तार गरी २३४ सदस्यीय बनाइएको छ ।

कमिटीका संयोजक खिमलाल भट्टराईका अनुसार पार्टीका जनसङ्गठनका मुख्य पदाधिकारी र विशेष क्षेत्रका अगुवा नेता–कार्यकर्तालाई समेटेर कमिटी विस्तार गरिएको हो ।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले मूल व्यवस्थापन कमिटीअन्तर्गत नेता भट्टराईको संयोजकत्वमा सो कमिटी गठन गरेको थियो ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखसम्म मानिसको उपस्थिति गराउन यो कमिटीले जनपरिचालन गर्नेछ । एमालेले एक हजार ९९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । हालसम्म अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्