Logo
Logo

रुसलेको खतरनाक क्षेप्यास्त्र परीक्षणले अमेरिका त्रसित



काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्णू क्षेप्यास्त्र परीक्षण गरेको छ । रुसको भू उपग्रह नष्ट पार्ने खालको क्षेप्यास्त्र परीक्षणप्रति अमेरिकाको आक्रोश जनाएको छ ।

बिबिसीका अनुसार उक्त परीक्षणका क्रममा एउटा रुसी भूउपग्रह ध्वस्त भएको हो । त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ। अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने बताइन्छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्। त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्