Logo
Logo

वाङ्ममय शताब्दी पुरुष जोशीको रथारोहण, राष्ट्रपतिद्वारा शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख । संस्कृतिविद तथा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सोमबार रथारोहण गरिएको छ । ९९ वर्ष पूरा भएर १०० लागेको अवसरमा उनको रथारोहण गरिएको हो ।


जोशीको सम्मानमा ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको रथारोहण ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै बग्गीमा राखेर उनलाई काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो । जोशीको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।


महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिएको बतए । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुस्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ । राष्ट्रपति भण्डारीले पठाएको सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उनले पु¥याएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्