
काठमाडौं । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई पक्राउ परेका छन् ।
ममहानगरीय प्रहरी परिसर काठमाडौंका एसपी शुसिल सिंह राठौरले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको जानकारी दिए ।
बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए ।
पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको प्रहरीले जनाएको छ । पक्राउ उनीहरुलाई बौद्धबाट काठमाडौं महानगर परिसर ल्याउँदै गरेको एसपी राठौरले जानकारी दिए ।












