Logo
Logo

कक्षा १२ परीक्षाफल छिटो प्रकाशन गर्न शिक्षामन्त्रीको निर्देशन


441
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

शुक्रबार बोर्डको अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको भन्दै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिएका हुन् ।

उनले परिवर्तित अवस्थामा परीक्षा बोर्डलाई चुस्त दुरुस्त राख्नुपर्ने बताए । त्यस्तै मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि आग्रह गरे ।

उनले बोर्डमा भएका नितिगत समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्