Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

दलहरुलाई महाधिवेशनको चटारोदेखि नेताहरुबीच आरोप–प्रत्यासोपसम्म



हेडलाइन्स्
१. मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको १०औं महाधिनवेशनको तयारी तीब्र, प्रतिनिधिलाई बासको व्यवस्थाका लागि मात्र १ करोड ६० लाख खर्च हुने, प्रतिनिधि, पाहुना र पत्रकारका लागि सौरहाका विभिन्न होटलमा ३५ सय बेड सहितको कोठा बुक, महाधिवेशन सम्पन्न गर्न कम्तिमा २० करोड रुपैयाँ लाग्ने अनुमान, घोषित रुपमा कार्यकर्ताबाट स्वेच्छिक चन्दा संकलन गरिरहेको एमालेले ठूला व्यापारीसँग पनि चन्दा माग्दै ।


२. १४औं महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्यो, सभापतिका आकांक्षी नेताहरुबीच भेटवार्ताले तीब्रता पायो, सभापतिका दावेदार महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच भेटवार्ता, सभापतिमा सहयोग गर्न कोइरालालाई सिंहको आग्रह, कोइरालाद्वारा सिंहको आग्रह अस्वीकार ।


३. पाँच दलीय गठबन्धन जस्ता १० वटा गठबन्धन बनेपनि एमाले एक्लैलेले प्रतिस्पर्धा गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, अन्य पार्टी जस्तो एमाले बैशाखी टेकेर नहिँड्ने दावी, एक्लै चुनाव लड्ने र एक्लै जित्ने उद्घोष, आफू प्रधानमन्त्री हुँदा चलाएको विकास अभियानसमेत वर्तमान गठबन्धन सरकारलाई मन नपरेको आरोप ।


४. मधेसी दलका नेताहरु मधेसी जनताका लागि ‘खलनायक’ साबित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिप्पणी, मधेसी जनतालाई अधिकार सम्पन्न गर्ने सवालमा महन्थ ठाकुर र राजेन्द्र महतोहरु प्रतिगमनकारी केपी शर्मा ओलीको टाङमुनी छिरेर खलनायकको भूमिको खेलेको आरोप, आफूलाई सिध्याउन एमालेले चितवनमा ‘खलनायकहरुको महाधिवेशन’ गर्न लागेको तर जनताको साथ आफूलाई नै रहेको दाबी ।


५. आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने चेतावनी, शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड ।


६. नेकपा माओवादी केन्द्र र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको पहल, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच पार्टी एकताको विषयमा छलफल, अहिले सहकार्य गर्ने र निकट भविष्यमै एकताका लागि पहल गर्ने विषयमा दुवै नेता सहमत, लक्ष्य एउटै भएकाले छिट्टै पार्टी एकता गर्नुपर्नेमा विप्लवको जोड ।

फाइल फोटो


७. समाजवादको आधार सामुदायिक पुँजी रहेको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को भनाइ, सामुदायिक पूँजीले समाजवादको आधार तयार गर्ने दाबी, समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड, अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पूँजी निर्माण रहेको धारणा ।


८. यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढ्यो, गत साता २६९० दशमलव २,९ विन्दुमा बन्द भएको नेप्से यस साता २ दशमलव ९,३ प्रतिशत अर्थात ७८ दशमलव ८,४ अंक बढेर २७६९ दशमलव १३ विन्दुमा पुग्यो, यस साता नेप्सेसँगै कुल बजार पूँजीकरणमा पनि सुधार ।


९. नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन खेल्ने क्लब माजिया एससीबाट यस सिजनको लिग खेल्ने, किरण सिजन २०२१–२२ लागि माजिया एससीमा आबद्ध, शुक्रबार माल्दिभ्स पुगेर क्लवमा आवद्ध भएको सार्वजनिक गर्दै प्रत्येक खेलमा आफ्नो शतप्रतिशत दिने बचन ।


१०. अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युनाइटेड किंगडमबीच नौसेना आणविक प्रशोधन जानकारी आदानप्रदान गर्न प्रस्तावित सम्झौता अनुमोदन र तीन सय दुई जना अवैध आप्रवासीलाई समुद्रबाट उद्धार गरी लिबिया फर्काइएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको युएनएचसीआरको भनाइ ।

प्रतिक्रिया दिनुहोस्