Logo
Logo

एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री


945
Shares

चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आइतबार चितवनतमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन सरकार भएकाले गठबन्धनकै निर्णयानुसार चल्ने बताए ।

अर्थमन्त्री शर्माले भने– ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै मन्त्री शर्माले हरेक निर्णय गठबन्धनबाटै हुने बताएका हुन् ।

अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको धारणा राखे ।

फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

मन्त्री शर्माले भने– ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”

प्रतिक्रिया दिनुहोस्