Logo
Logo

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन माग गर्दै बारले एमालेलाई बुझायो ज्ञापनपत्र



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले नेकपा एमालेलाई ज्ञापनपत्र बुझाएको छ ।सोमबार बार एसोसिएसनले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो ।

बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गरेको छ। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा उत्रिएको बारे राणामाथि उठेका प्रश्नहरुबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत बारले आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूका साथमा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्