Logo
Logo

नमूना विद्यालयको ३३ करोड हिनामिना



काठमाडौं । नुवाकोटको एक नमूना विद्यालयले ३३ करोड सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट नमूना विद्यालय कार्यक्रममार्फत ३३ करोड हात पारेको नुवाकोटस्थित महेन्द्र माविका पदाधिकारीले हिनामिना गरेका हुन् । हिनामिना भएको भन्दै नमूना विद्यालयको बजेट रोक्का गरिदिन माग गर्दै स्थानीयले उजुरी दिएका छन् ।

नमूना विद्यालयको रकम पाउन सम्बन्धित विद्यालयको जग्गा एकै स्थानमा २५ रोपनी हुनुपर्ने, एक स्थानको जग्गा देखाइ अर्को स्थानमा बनाउन नपाइने, तेस्रो पक्ष र विनापूर्जाको जग्गामा निर्माण गर्न नपाइनेलगायतका शर्त छन् । तर, विद्यालय प्रशासनले चतुराली बजार र चतुराली हेल्थपोष्ट बीचको भिरको अन्दाजी ६–८ रोपनी जग्गा र अर्को स्थान रहेको कि.न. २६७ मा ३ रोपनी रहेको भिरको जग्गा देखाई अर्कै स्थानमा निर्माण शुरु गरेका छन् । विद्यालय प्रशासनले कि.न. ३०१ किन्दैमा सम्पूर्ण कित्ता ३०२, ३०३, ३०४, ३०५,३०६ र १५४ मा गैरकानून ढंगले भौतिक संरचना निर्माण गर्न पाइ्रन्छ भन्ने प्रश्न स्थानीयले गरेका छन् । स्थानीय दीपेन्द्र पाठकले विद्यालयको गलत कामको छानबिन गरी आफ्नो सम्पत्ति रक्षाको निम्ति अख्तियारमा निवेदन दिएका छन् ।

विद्यालयका प्रधानध्यापकलगायतले सरकारी सम्पत्ति खरिद गरेको भनि बिनापूर्जा, बिनानक्सा, व्यक्तिको जग्गामा भौतिक संरचना निर्माण गरी जग्गा खरिद गरेको र नेपाल सरकारको सम्पत्ति बढाएको भनि झुटो विवरण पेश गरेका छन् । व्यक्तिले बर्षेनी वडामा मालपोते तिर्दै आएको व्यक्तिगत जग्गामा भौतिक संरचना निर्माण गरेर महेन्द्र माविकै कर्मचारीले लाभ लिएको दाबी उजुरीमा गरिएको छ ।

निर्माणको चरणमा नै रहेको उक्त विद्यालय हाल दिपेन्द्र पाठकको नाममा रहेको कि.न. ३०१ को क्षेत्रफल १–७–०–३ भएकोमा विभिन्न व्यक्ति राजनीतिक पार्टी लगाई प्रध्यानध्यापक एवं विद्यालय प्रशासनले त्रास देखाई विक्री गर्न २०७७ माघ ४ गते एक महिनाभित्र पास गर्नुपर्ने शर्त राखी विद्यालयकै नाममा पास गरिदिएका थिए । विद्यालय निर्माणको क्रममा कि.न.२९९, ३०३ वा अन्य कि.न. स्कुलले मिचेको देखिएकोमा त्यसको क्षतिपूर्ति विद्यालय प्रशासनले पाठकलाई भराई दिने शर्त राखी रमेश पाठकसँग कागत भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बोगटी, प्राध्यानध्यापक शशीकुमार थपालियासमेत साक्षी थिए । दीपेन्द्रको बुबा स्व. मधुसुदन र वैध विलास पाठकको संयुक्त रुपमा रहेको कित्ताहरु १४१, १४८, १५० र १५९ संयुक्त जग्गा धनीपूर्जा रहेकोमा मिति २०५३ चैत ५ गते नै जग्गा धनी पूर्जा संयुक्त रुपमै दीपेन्द्र र वैधविलासको नाममा कायम भएको थियो । २०५७ बैशाख १३ गते नापी शाखा नुवाकोटबाट कित्ताकाट गरी १४१ लाई २९९ र ३००, १४८ लाई ३०१ र ३०२, १५० लाई ३०३ र ३०४ तथा १५९ लाई ३०५ र ३०६ कित्ताकाट गरी दीपेन्द्रको नाउँमा २९९, ३०१, ३०३ र ३०५ कायम रहन आएको जग्गा धनी प्रमाणपत्रमा देखिन्छ । बाँकी रहेको कि.न.३००, ३०२, ३०४ र ३०६ स्व. वैधविलासकै नाममा जग्गाधनी प्रमाणपत्र रहेको देखिन्छ ।

विद्यालयका प्रधानध्यापकलगायतले सरकारी सम्पत्ति खरिद गरेको भनी बिनापूर्जा, बिनानक्सा, व्यक्तिको जग्गामा भौतिक संरचना निर्माण गरी जग्गा खरिद गरेको र नेपाल सरकारको सम्पत्ति बढाएको भनी झुटो विवरण पेश गरेका छन् । व्यक्तिले वर्षेनी वडामा मालपोत तिर्दै आएको व्यक्तिगत जग्गामा भौतिक संरचना निर्माण गरेर महेन्द्र माविकै कर्मचारीले लाभ लिएको दाबी उजुरीमा गरिएको छ ।

हाल विद्यालय बनेको स्थानमा विद्यालयसँग रहेको कि.न.२६७ र दीपेन्द्रसँग किनेको कि.न. ३०१ बाहेक केही नरहेको र कि.न. ३०२ ३०३ र ३०४ मा पनि विद्यालयले डर, त्रास देखाई जवरजस्ती भौतिक संरचना बनाएको छ । कि.न. ३०१ रेखांकन नापी गरेर गएपछि दीपेन्द्रको भाइ सिजुको कित्ता नं.१५४ मा थोरै डिल उतरतिर (भिरतिर) बाट काटिने भनेर नापी शाखाका अमिनले चिन्ह लगाएपनि रुखको जरो नै देखिने गरी विद्यालयका प्राध्नाध्यापक एवं व्यवस्थापनले डोजर लगाइ अन्दाजी ३–४ आना जति क्षति पु¥याई कब्जा गरेका छन् । यसै जग्गाको उत्तर दक्षिणबाट पर्खाल भत्काई करीव २ आना जग्गा मिचिएको छ ।

जग्गा धनीपूर्जा आउन नसक्ने अवस्था रहेको कित्ता नम्वर ३००, ३०२, ३०४ र ३०६ जग्गा स्व. वैधविलासको नाममा रहेको र वैधविलासका ४ छोराहरू अंशियार हँुदाहुँदै र जग्गा विवाद रहँदा रहदैको अवस्थामा स्व. वैधविलासको माहिलो छोरा कुलप्रसाद र कुलप्रसादको जेठो छोरा रमेशले कि.न. ३०१, ३०२, ३०३ र ३०४ गरी चार कित्तालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बोगटी, पूर्वप्रधानाध्यापक रवीप्रसाद थपलिया र निवर्तमान प्रधानाध्यापक शशीकुमारसँग घरायसी कागज गरी स्व. वैध विलास एवं दिपेन्द्रको नाममा रहेको जग्गालाई किनेको भनी भौतिक निर्माण कार्य यथावत राखेका छन् ।

कित्ता नम्वर ३०३ र ३०५ को लागि रेखांकन गर्न कि. न.३०१ स्कुललाई पास गरेर दिएकै दिन अर्थात २०७७ माघ २५ गते नापी कार्यालय विदुरमा रसिद काटी निवेदन दिएकोमा नापी गर्न अमिन मोतीराम थापा र राहुल चौधरीलाई खटाइएको नापी कार्यालय नुवाकोटको आम्दानी रसिद विल नम्वर २१९९४ (२०७७–१०–२५) देखिन्छ ।

विद्यालय प्रशासनले डर, धम्की त्रास देखाई विद्यालयजस्तो पवित्र स्थललाई राजनीति गर्ने थलो बनाएपछि नापी निष्पक्ष गर्न माग गर्दै दीपेन्द्रले जिल्ला प्रशासन कार्यालय विदुर, नुवाकोटमा निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत बैशाखमा वडा कार्यालय ककनी रानीपौवालाई चिठी लेखेर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्