Logo
Logo
उपनिर्वाचन इलाम-२

अपडेट : दिउँसो एक बजेसम्म ४२ प्रतिशत मतदान



इलाम । इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ एक बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ । यो क्रम साँझ ५ बजेसम्म चल्नेछ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरुमा भिडभाड बढेको छ । उनले एक बजेसम्म ४२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्