Logo
Logo

सर्वोच्चमा फुलकोर्ट बैठक बस्ने तयारी



काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो ।

प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

नेपाल बार एशोसिएसनले जबराको राजीनामालाई बटमलाइन बनाएर विरोधका कार्यक्रम जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्