Logo
Logo

आईसीसी टी-२० विश्वकप छनोटमा नेपाल आज मलेसिया संग भिड्दै



काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेल आज (शुक्रबार) मलेसिया संग खेल्दै छ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ ।

३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍यो ।

आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ ।

नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको थियो । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्