Logo
Logo

बरालको स्वरमा कस्तो दूरी….(भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । ‘नेपाल आइडल–२’ बाट चर्चामा आएका गायक हुन् बिक्रम बराल । सुमधुर स्वरका धनी पोखराका बराल भर्सटायल यी गायकको नयाँ गीत ‘कस्तो दुरी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारायण गौतमको शब्द रहेको यस गीतमा हरि लम्सालको संगीत रहेको छ ।
गायक बराल स्वयंमले अभिनय गरेको भिडियोमा मोडल प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई भिडियोमा प्रस्तुत गरिएको छ । यस भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ ।
महाराज थापाको एरेञ्ज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्