Logo
Logo

सर्वोच्चको समस्या समाधानका लागि पहल गर्छु : सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा लामो समययता देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका उनले भने, ‘म स्पेन जानुभन्दा पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा छन् । यसबारे आफूलाई जानकारी भएको भएको उनले बताए ।

संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताउँदै सापकोटाले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा अब सोच्छु । सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्