Logo
Logo

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु, पाँचजना घाइते


0
Shares

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा तीन सवारीसाधन ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: Accident.gif

मोटरसाइकल, स्कुटर र साइकल एक–आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीनजना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरमा पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–९ बस्ने रिदिमा सरदारको मृत्यु भएको हाे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000