Logo
Logo

कार्यवाहक प्रधानन्यायाधीश तोक्न बारको आग्रह


504
Shares

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गरेको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीच छलफलका क्रममा सो माग गरेका हुन् । कार्यवाहक प्रधानन्यायाधीश नताकेसम्म इजलास नबस्न बारले आग्रह गरेको छ ।

छलफलबारे जानकारी दिँदै सर्वोच्च बारका अध्यक्ष शाक्यले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलगाएसम्म इजलासमा नबस्न आफूहरूले आग्रह गरेको बताए । तर, यसबारे न्यायाधीशहरूले छलफल गरेर निर्णय लिनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भइ अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । यस्तो अवस्थामा एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो ।

अध्यक्ष शाक्यले न्यायालय प्रधानन्यायाधीशविहीन बनेको बताउँदै कार्यवाहक प्रधानन्यायाधीश तोक्नुपर्ने बताए । उनले दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने समेत बताए । उनले भने, ‘संविधानले त्यही व्यवस्था गरेको छ । हामीले त्यही गर्नुहोस् भनेका छौँ ।’

यसैबीच सत्ता गठबन्धनले पनि प्रधानन्यायाधीश जबरालाई विदामा बसेर कार्यवाहक तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटाटारमा बसेको गठबन्धन बैठकले प्रधानन्यायाधीशलाई यस्तो सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्