Logo
Logo

१५ औँ महाधिवेशनको उद्घाटन देउवाबाट गराउने प्रयास भइरहेको छ : गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-deuwa.jpg

कांग्रेस काठमाडौंको पार्टी कार्यालयमा शनिवार सुरु भएको वडा अधिवेशनमा सहभागी हुन पुगेका थापाले केन्द्री महाधविशेनको उद्घाटन सामारोहमा देउवालाई ल्याउने प्रयत्न भइरहेको जानकारी गराएका हुन् । 

उनले भने, ‘म निवर्तमन सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा प्रमुख अतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु । त्यो उहाँले गर्नुहुन्छ भन्ने अहिले पनि विश्वास राख्छु ।’

सभापति थापाले निवर्तमान सभापति देउवा उमेरले आफ्ना बुवाभन्दा पनि जेठो भएको भन्दै कांग्रेसमा सबै पुस्ताले काम गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘मेरो फादरभन्दा पनि उमेरमा जेठो हुनुहुन्छ शेरबहादुर देउवा । हामी पाँच जेनेरेसनको मान्छे छौँ । त्यो पाँचै जेनेरेसनको मान्छेले कांग्रेसमा काम गर्न पाउनुपर्छ । पार्टी भनेको घर परिवारजस्तो हो । एकै ठाउँ बस्दैगर्दाखेरि खुला छलफल हुन्छ । कहिलेकँही मत फरक–फरक हुन्छ । त्यो अस्वाभाविक होइन, स्वाभाविक हो ।’

थापाले विगतका कुराहरू भुल्न पनि सबैलाई आग्रह गरे । ‘सबैलाई मेरो आग्रह छ, हिजो के भएको थियो, हामी हिजो कुन बेला कहाँ थियौँ, कसले के बोल्यौँ भन्ने कुरा सबै बिर्सिनुपर्छ,’ उनले भने, ‘कसैले लगत मनसाय राखेर त्यो कुरा गरेका थिएनौँ । हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्‍यौँ । एक ठाउँमा आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्