काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा आज विहान ८ बजे स्थायी समितिको बैठक बस्न लागेको हो ।
प्रवक्ता कृष्णबहादुर महराले बैठकमा समसामयिक राजनीतिक विषय र आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने जानकारी दिए ।
यसअघि (हिजो) विहिबार बसेको स्थायी समितिको बैठकले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस्तै मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने प्रवक्ता महराले जानकारी दिए ।












