
रौतहट । नेपाली काँग्रेस रौतहट क्षेत्रनं ४ को क्षेत्रिय सभापतिमा रामस्नेही यादव विजयी भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी प्रेमशंकर यादव रहेका छन् । रामस्नेही र प्रमेशंकर बिच सहमती हुन नसकेपछि बुधबार मतदान भएको थियो ।
बुधबार राती र बिहिबार दिनभरीको मतगणनामा रामस्नेही यादव बिजयी भएका हुन् । कुल चार सय ९३ मत खसेको थियो । जस मध्ये रामस्नेहीलाई २ सय ५७ मत र उनका प्रतिद्धोन्दी प्रेम शंकर यादवलाई २ सय ३६ मत प्राप्त भएको थियो । रामस्नेहीले २१ मत बढी ल्याएर विजयी प्राप्त गरेका हुन् ।
सार्वजनिक गरिएको मत परिनाममा प्रतिद्धोन्दी प्रेम शंकर यालवले असहमति जनाउदै भोट फेरी गिन्ती गर्न माग गरेका छन् । अन्तिम मतपत्रको नतिजा सार्वजनिक गर्दा उनका समर्थहरुले मत गणना फेरि गर्नु पर्ने माग गरेका थिए । मत गणना फेरी हुन्छ कि हुदैन भन्ने निर्णय यो समाचार तयार पार्दा सम्म भएको थिएन ।
यता नेपाली कांग्रेस रौतहट क्षेत्र नं ४ को क्षेत्रिय सभापतीमा विजयी भएका तथा रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका राम स्नेही यादवलाई उनका समर्थहरुले अबिर, माला लगाएर खुशीयाली मनाई रहेका छन् ।
रौतहटका अन्य तीन निर्वाचन क्षेत्रमा सहमतीका आधारमा अध्यक्ष लगाएतका पदाधिकारी चयन भएको थियो । ४ नम्बर क्षेत्रमा भने सहमती हुन नसकेका कारण निर्वाचन भएको हो ।












