काठमाडौं । राप्रपाले महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना अध्यक्षले मनोनित गरेको हो ।
राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरिसकेको छ । अब त्यसमा २३५ जना थप हुनेछन् ।
प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुनेछ ।