Logo
Logo

प्रदेश ५ मा बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष’ शुभारम्भ हुँदै


- दृष्टि न्युज/संवाददाता


प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी ।

लुम्बिनी, ४ जेठ । प्रदेश ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिँदै छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदैछिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ यहाँ आई दीप प्रज्ज्वलन गर्नाका साथै राजा शुद्घोधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकन गर्नुभएको थियो । उनले आज बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्ने, शान्र्ति यालीे शुभारम्भ गर्ने, भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने र झण्डोक्तोलन गर्ने कार्यत्रम रहेको भ्रमण वर्ष २०७६का संयोजक कार्यक्रम तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।
आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भसहित बुद्घ जयन्तीसमबन्धी मूल कार्यक्रम औपचारिक रुपमा शुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।
यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले २५६३औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको बताए । उनले प्रदेश सरकारले समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षको कार्यक्रम महत्वपूर्ण हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्