Logo
Logo

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा



काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् ।

काठमाडौंमा आज (बिहीबार) पत्रकार सम्मेलन गरी भोलिदेखि सुरु हुने १४औं महाधिवेशनको लागि नेता थापाले महामन्त्री पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो लागि महामन्त्रीभन्दा पनि महत्त्वपूर्ण कुरा जनताको जीवनको बदलाव भएको बताए ।

‘म महामन्त्री हुन्छु वा हुन्न थाहा छैन । मेरो राजनीतिक यात्रा कहाँ गएर टुंगिन्छ थाहा छैन । अब १०-१५ वर्ष काम गर्छु’, थापाले भने, ‘त्यतिबेला मेरा छोरीहरुलाई लिएर काठमाडौंमा घुम्दै गर्दा मायाले जय नेपाल भनिदिए पुग्छ । त्यहाँ मेरो भूतपूर्व पदमा होइन, माया र सम्मान होस् ।‘

थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणापत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्