Logo
Logo

खुट्टा धुन गएका आमाछोरालाई नारायणीले बगायो


378
Shares

काठमाडौं । चितवनको नारायणगढ बजारस्थित पशुपति मन्दिर नजिकैबाट नारायणी नदीमा बगेर आमा र छोरा बेपत्ता भएका छन् । 

The current image has no alternative text. The file name is: nrayani.jpg

बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा उनीहरूलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  साँझ इभिनिङ वाकको लागि छोराछोरीलाई साथमै लिएर नारायणी नदी किनारमा गएकी महिला र छोरालाई बाढीले बगाएको प्रहरीले जनाएको छ । 

बेपत्ता हुनेमा चितवनको खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध छन् ।

नदीमा डुबेकी सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेलको भने प्रहरीले उद्धार गरेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनसहितको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्