Logo
Logo

घोडाघोडी सिमसार क्षेत्रमा आइपुगे विदेशी चरा



धनगढी । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा जाडो छल्न विदेशी चरा आइपुगेको छ । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसार पनि एक हो ।

यतिखेर जाडो छल्नका लागि रसियाको साइबेरिया, मंगोलियालगायतका स्थानबाट आएका चराको चहलपहल बढेको छ । सिमासार क्षेत्रमा पुग्ने गरेका चरा र जलपंक्षी चराले यहाँको दृश्यलाई लोभ्याउने गर्दछ ।

जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३ सय ६० प्रजातिका चरा पाइने बताइन्छ । चराविद् हिरुलाल डंगौराका अनुसार यहाँ ६४ प्रजातिका जलपंक्षी रहेका छन् ।

यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् । यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा हुन् ।

प्रसिद्ध घोडाघोडी सिमसारमा ठूला र साना गरी २४ वटा ताल रहका छन् । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्