Logo
Logo

डब्लुएससीद्धारा आईआईएफटी र फ्लाईटेक सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ जेठ । वल्र्ड स्टेण्डरडिजेशन सर्टिफिकेशन ‘डब्लुएससी’द्धारा ईन्टरनेशनल इन्स्टिट्युट अफ फेशन टेक्नोलोजी ‘आईआईएफटी’, फ्लाईटेक ईन्टरनेशनल ग्लोबल कलेज इन्टरनेशनल र बाबा एजुकेशन कन्सल्टेन्सीलाई सम्मानित गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच बरिष्ठ समाजसेवी एवं उद्यमी इन्द्रिरा सापकोटाको आतिथ्यतामा सम्मान गरिएको थियो ।
आईआईएफटीले फेसन डिजाइनर उत्पादनसँगै नेपाली फेसनलाई बजारीकरण गर्दै आएको छ भने फ्लाईटेकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एयर होस्टेसहरुको प्रशिक्षण तथा उत्पादन गर्दै आएको छ ।
‘डब्लुएससी’ वल्र्ड बुक अफ रेकर्डसको गुणस्तर मापन विभाग हो । कुनैपनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिइरहेको संस्थालाई मूल्यांकनपश्चात् डब्लुएससीद्धारा विभूषित गरिन्छ ।
वल्र्ड बुक अफ रेर्कर्ड विश्वव्यापी रुपमा रेर्कर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्टे«लिया, मोरिससलगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्र्ड बुक अफ रेकर्डले एतिहासिक सम्पदाहरु तथा साँस्कृतिक, सामाजिक, आर्थिक एवं सांगीतिकलगायतका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सुचिकृत तथा सम्मानित गर्दै आएको छ ।
सम्मान कार्यक्रमको अवसरमा सम्पूर्ण संस्थाका सञ्चालक एवं पदाधिकारीहरुलाई बेलायती सांसद विरेन्द्र शर्मा, डा. दिवाकर शुकुल (अध्यक्ष, वल्र्ड बुक अफ रेकर्डस् लण्डन), सन्तोष शुक्ला (अध्यक्ष, वल्र्ड बुक अफ रेकर्डस), सागर कटवाल (अध्यक्ष, वल्र्ड बुक अफ रेक्र्डस नेपाल)लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्