Logo
Logo

अमेरिकाको केन्टुकीमा आँधीबाट मृत्यु हुनेको संख्या एकसय नाघ्यो



काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा शक्तिशाली सामुन्द्रीक आँधीबाट मृत्यु हुनेको संख्या एकसय नाघेको छ । जीवित हुनेहरु भेटिने सम्भावना निकै कम रहेको बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँका मेयर एन्ड्रिउ बेसियरले अमेरिकी इतिहासमै पहिलोपटक धेरै मानिसको ज्यान जाने गरी आएको उक्त बिनाशकारी आँधीबाट ८० जनाको मृत्यु पुष्टि भैसकेको छ ।

अन्य अमेरिकी राज्यमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । केन्टुकीमा उद्धारकर्ताले जीवित मानिसहरु भेटिने आशामा भग्नावशेष निकाल्दै छन् भने स्थानीय बासिन्दालाई पानी र जेनेरेटर पनि वितरण गरिरहेका छन् । नेसनल गार्डका ३०० भन्दा बढी स्वयंसेवक घर घरमा पुगेर भग्नावशेष हटाउँदैछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्