Logo
Logo

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी


7.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् ।

५९८ मत गन्न बाँकी रहँदै थापा महामन्त्रीमा विजयी भएका हुन् । ४०९० मत गन्दा थापाले २६४४ ल्याएका छन् । बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

थापालाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५ मत पाएका छन् । तेस्रो स्थनमा रहेका प्रकाशशरण महतले १३५७ मत पाएका छन् । त्यस्तै प्रदीप पौडेलले १२१७ सय मत पाएका छन् भने मीनेन्द्र रिजालले ७०६ मत पाउँदा डा राजाराम कार्कीले ९२ मत पाएका छन् ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन् । विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह समूहबाट उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्