Logo
Logo

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते


- दृष्टि न्युज/संवाददाता


लहान, १० जेठ । सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

घाइतेहरुमा
१. कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
२. विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
३. मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
४. सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
५. सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
६. दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
७. रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
८. किरण उप्रेती, भद्रपुर नपा–९, झापा
९. विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
१०. जितबहादुर दर्जी, केराउल नपा, मोरङ
११. नविन दास, गौरदाहा नपा–४, झापा
१२. दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
१३. अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
१४. विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
१५. पावनी राजवंसी, भद्रपुर नपा, झापा
१६. उपेन्द्र राजवंसी, बनियानि, झापा
१७. श्रीलाल राजवंसी, शिवशंज, झापा
१८. काला ढुङगाना, पथरी, मोरङ्ग
१९. बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
२०. मोहम्मद मुस्तक, झापा । अन्य तीन जनाको परिचय नखुलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्