Logo
Logo

हेटौंडाबाट कोरोनाविरुद्धको मोर्डना खोप अभियान सुरु



हेटौंडा । आजदेखि १२–१८ उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप दिन सुरु भएको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा एक कार्यक्रमबीच बालकालिकालाई खोप दिएर अभियान सुरु गरिएको हो ।

हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका छन् । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्