Logo
Logo

भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ : काँग्रेस सचेतक थापा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । 

The current image has no alternative text. The file name is: basana-thapa.jpg

शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएकी हुन् । प्रमुख सचेतक थापाले कानूनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेण्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरिन् । 

उनले भनिनन्, ‘अहिलेको हाम्रो वर्तमान कानुन मन्त्रीज्यु आफैँले हिजो राख्नुभएको संशोधन, हिजो राम्रो हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने कुराहरू पनि यहाँ धेरै कुराहरू उब्जिएको छ र अध्यादेश ल्याएर हिजो अध्यादेश ल्याउँदा खेरी यही भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली काँग्रेसले त्यतिबेलामा यसको विरोध नै जनाएको थियो । यसलाई दफादार रूपमा छलफलमा ल्याएर, सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी त्यतिबेलामा पनि अडिग थियौँ र आज पनि नेपाली काँग्रेस यो भूमिको जुन अध्यादेश ल्याइयो छलफल गरेर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्ने थियो भन्ने कुरामा हामी त्यही नै छौँ ।’

नेपाली काँग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसद्को सार्वभौम मञ्चबाटै वृहत् छलफल गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् । 

प्रतिक्रिया दिनुहोस्