Logo
Logo

फिल्म ‘पायल’ बन्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ जेठ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ फिल्म ‘पायल’ निर्माण हुने भएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन केही दिनपछि सुरु हुँदैछ ।
निर्देशक लिङ्देनका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका विरुद्धमा आवाज उठाउनेछ । फिल्ममा नरेन्द्र सेन्दाङ, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खान आदिको अभिनय रहनेछ । फिल्ममा अभिनयकै लागि अमेरिकामा बस्दै आएका नरेन्द्र नेपाल आइपुगेका छन् ।
फिल्ममा विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहनेछ । फिल्मको कार्यकारी निर्मातामा बसन्त थेबे छन् भने सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपी दाहाल छन् । फिल्मकी निर्मात्री कविता राई लिङ्देन हुन् ।

प्रतिक्रिया दिनुहोस्