Logo
Logo

भारतद्वारा नेपालसँग सीमा जोडिएका सात जिल्लालाई संवेदनशील क्षेत्र घोषणा



काठमाडौं । भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका ७ जिल्लाका मतदान केन्द्रलाई संवेदनशील घोषणा गरेको छ ।

उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको हो ।

पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो ।

उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्