काठमाडौं । सरकारले सार्वजनिक सेवा प्राप्त गर्नेको लागि कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।
गृहमन्त्रालयको सोमबार बसेको मन्त्रिस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको हो । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सिफारीस गरे अनुसार निर्णय भएको हो । गृहले सो निर्णय कार्यन्वय गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्र सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो ।
‘सार्वजनिक स्थानहरुमा ( कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हूने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरि यही माघ ७ गतेदेखि लागु गर्ने व्यवस्थाको लागि सबै डिसिएमसीले आवश्यक व्यवस्था गर्ने,’ गृहको निर्देशनमा भनिएको छ ।














