Logo
Logo

उपत्यकाका सिडियोहरुको बैठक बस्दै, स्मार्ट लकडाउनबारे छलफल हुने



काठमाडौं । कोरोना संक्रमण बढेसँगै त्यसबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् । सुरक्षा विज्ञहरुसँग छलफल गरेर साझा धारणा तयार गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् । उनका अनुसार संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्