Logo
Logo
जसपामा विवाद चर्किँदै

बाबुराम र उपेन्द्रबीच बोलचाल बन्द, पार्टी फुटनजिक



काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरुबीच असन्तुष्टि बढ्दै गएको छ ।

जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी समितिका सदस्य एवं कृषी मन्त्री महेन्द्रराय यादवबीच तीव्र असन्तुष्टि बढेको हो ।

जसपा स्रोतका अनुसार असन्तुष्टि बढेपछि डा. भट्टराई र यादव एउटै मञ्चमा समेत सहभागी हुन छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले बालुवाटरमा पुगेर भेट गरेपछि यादव उनीबाट असन्तुष्ट भएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा यादवले एकलौटी गरेपछि भट्टराई उनीबाट असन्तुष्ट भएका छन् । जसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर दुई नेताबीचमा असन्तुष्टि बढदै गएको हो ।

पाँच दलीय गठबन्धनमा सहभागी हुँदै आएका यादवले बैठकमा हुने छलफल तथा निर्णय बारेमा डा. भट्टराईलाई जानकारी नदिने र रायसल्लाह समेत नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका बीचमा भएको सिट बाँडफाँडमा पनि भट्टराई असन्तुष्टि छ । तीन सिटको दावी गर्दै आएका भट्टराईले गठबन्धनको बैठकमा सहभागी भएका यादवले दुई सिटमै सहमती गरेर फर्केका थिए । त्यो दुई सिटमा समेत यादवले एकल निर्णय गरेपछि भट्टराई झनै रुष्ट भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि कसरी समझदारी गरियो ? म्यान्डेटभन्दा बाहिर गएर अपारदर्शी ढंगबाट किन काम भयो ? कार्यदलको बैठकमा भएका गतिविधि किन पारदर्शी भएनन् ? भन्ने प्रश्न व्यापक रूपमा उठेको जसपा कार्यकारिणी समितिका सदस्य नवराज सुवेदी बताउछन् ।

१९ सिटका लागि भइरहेको निर्वाचनमा एकल निर्णय गरेका यादवले आगामी हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत यस्तै मनोमानी र एकल निर्णय गर्न सक्ने भट्टराईको अनुमान छ । तर पार्टीमा बढी स्पेश र जिम्मेवारी दिए आफ्ै राजनीतिक भविष्य खतरामा पर्न सक्ने आशंका यादवको रहेको जसपा स्रोतको भनाइ छ ।

पार्टीका विभिन्न प्रशिक्षणहरुमा प्रमुख प्रशिक्षक रहने डा.भट्टराईलाई यादवले समेत वास्ता गर्न छोडेको आरोप पार्टीभित्र छ । जसपा प्रदेश २ का उपाध्यक्ष शुशिल यादवले सार्वजनिक रुपमै पार्टी विधान तथा व्यवस्थाको विपरित चलिरहेको आरोप लगाएका छन् ।

यादवले प्रदेश २ मा पार्टी प्रशिक्षण कार्यक्रममा डा.भट्टराई नबोलाईएको भन्दै संघीयताको सिद्धान्तबाट पार्टी विमुख भएको आरोप समेत लगाएका छन् । देशमा वैकल्पीक राजनीतिक शक्ति स्थापना गर्न मधेशवादको मुल मन्त्रलाई बिर्सेर डा.भट्टराईको नयाँ शक्तिसंग एकीकरण गरेको २ वर्ष नबित्दै आफ्नो वर्चस्व गुम्ने डरले यादवले डा.भट्टराईलाई सिमित भुमिकामा राख्न खोजेको आरोप छ ।

पटक–पटक एकलौटी निर्णका कारण पुराना सहयोगि गुमाउँदै आएका यादवले डा. भट्टराईलाई बढी जिम्मेवारी तथा प्रोत्साहन दिए नेताहरु उनकै पछि लाग्ने र आफू अल्पमतमा पर्ने डरका कारण उनलाई जिम्मेवारी दिन नचाहेको नेताहरु बताउँछन् ।

यता पार्टी विभाजनका बेला मन्त्री पद पाउन महन्थ ठाकुर–राजेन्द्र महतो समुह त्यागेर यादवको साथ दिएर कृषिमन्त्री बनेका महेन्द्रराय यादव र उपेन्द्रबीच समेत मनमुटाव शुरु भएको छ ।

सर्लाहीबाट प्रतिनिधित्व गर्ने मन्त्री यादवलाई लाइनमा ल्याउन पार्टी समायोजनको नाममा आफ्ना पक्षका कार्यकर्ताहरुलाई मात्रै नेतृत्व दिएका उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।

महेन्द्रले संतोषजनक काम नगरेको कारण जनमत पार्टीले किसान आन्दोलन गरेको र सो आन्दोलनले आफ्नो आधार क्षेत्र खुस्किने भएपछि उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजिनामा दिन निर्देशन दिएका हुन् । पछिल्लो केही समय यता जनमत पार्टीले किसानको मुद्धा उठाएर मधेसमा आन्दालन चर्काएको छ ।

मन्त्री छनोट गर्ने बेलामै आफ्नो नाम नपरेपछि पार्टीमा नबस्ने धम्की दिएका महेन्द्रलाई अन्तिम समयमा सांसद प्रमोद साहको ठाउँमा मन्त्री बनाएका उपेन्द्रलाई तिनै महेन्द्र अहिले ठाउँको दुखाईको विषय बनेको छ ।

आफू मन्त्री बन्न प्रदेश २ मा मन्त्री रहेका आफ्ना समर्थक रामनरेश रायको मन्त्री पद समेत खाने सम्झौता गरेका महेन्द्र अहिले डा.भट्टराई नजिक गएकाले समेत उपेन्द्रले उनको राजीनामा मागेका छन् । पछिल्लो समय यादवबाट असन्तुष्ट नेताहरु भट्टराई समूहमा जान थालेपछि यादव पार्टीमै कमजोर बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्