Logo
Logo

प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशकाे पहिलो जित



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदेश नं. २ लाई ४२ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।

खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।

त्यस्तै बिहीबार नै सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जित निकालेको हो । खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा अलआउट हुदै मात्र १ सय ६ रन जोड्न सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गर्न सफल भयो । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकीलाई दुई रनले पराजित गर्दै एपीएफले तेस्रो जित दर्ता गरेको हो ।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलब ४ ओभरमा अलआउट हुदै ९२ रन जोड्यो ।

यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बीचको खेल मैदान भिजेका कारण हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्