Logo
Logo

मोदीको सपथमा विनोद चौधरी


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १७ जेठ । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएका छन् । अध्यक्ष चौधरी त्यसका बिहीबार बिहान दिल्ली प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ सपथ लिएका छन् ।
भारतको राष्ट्रपति कार्यालयबाट सपथग्रहण समारोहमा सहभागीका लागि निमन्त्रण पाएपछि उनी बिहीबार बिहान त्यसतर्फ लागेका थिए । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार साँझ ७ बजे सपथग्रहण गरेका थिए । सोही अवसरमा मोदी सरकारका अन्य मन्त्रीले पनि सपथ ग्रहण गरेका थिए । अध्यक्ष तथा सांसद चौधरी आज (शुक्रबार) नेपाल फर्किने कार्यक्रम छ ।
सन् २०१४ मा मोदीले आफ्नो पहिलो कार्यकाको सपथग्रहण कार्यक्रममा पनि चौधरीलाई निम्तो दिइएको थियो । चौधरी अध्यक्ष रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्रसम्बन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्री रुपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालीन केन्द्र सरकारले अनुमति नदिएपछि त्यो बेला उनको नेपाल आउने कार्यक्रम रद्द भएको थियो । अध्यक्ष चौधरीले हालै निर्वाचित हुँदा मोदीलाई सफल कार्यकालका लागि विज्ञप्तिमार्फत शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्