काठमाडौं । प्रतिनिधिसभा बैठक १६ माघसम्मका लागि स्थगित गरिएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण ३ माघमा बोलाइएको बैठक बस्न नसक्ने भएकाले १६ माघ आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको बताएका छन् ।
यसअघि राष्ट्रियसभाको बैठक समेत अनिश्चितकालका लागि स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।












